दफा ३६
निर्देशिका वा कार्यविधि बनाउन सक्ने
(१) .यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही नेपाल सरकारले देहायका विषयमा निर्देशिका बनाई लाग्‌ गर्न सक्नेछ:-
(क) राष्ट्रियस्तरका गणना तथा सर्वेक्षण सञ्चालन सम्बन्धी,
(ख) तथ्याङ्क प्राप्ति र्‌ तथ्याङ्कीय विधि उपयोग सम्बन्धी,
(ग) राष्ट्रिय तथ्याङ्क प्रणाली कार्यान्वयन सम्बन्धी, र
(घ) सर्वेक्षण अनुमति सम्बन्धी ।
(२) यो ऐन -वां-यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही तथ्याङ्क उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरण सम्बन्धी काम कारबाहीलाई प्रक्रियागत ढङ्गबाट प्रभावकारी, व्यवस्थित र मितव्ययी तवरले सञ्चालन गर्न कार्यालयले देहायका विषयमा कार्यविधि बनाई लागू गर्न सक्नेछः-
(क) प्रशासनिक अभिलेख व्यवस्थापन सम्बन्धी,
(ख) तथ्याङ्क सार्वजनिक, सम्प्रेषण तथा वितरण गर्ने सम्बन्धी, र
(ग) तथ्याङ्क सङ्कलन, नमूना छनोट, विश्लेषण तथा सम्परीक्षण सम्बन्धी ।